Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

माओवादीका केन्द्रीय सदस्य दीपशिखाले प्रचण्डको काम गराइप्रति चित्त बुझाएनन्


काठमाडौं, १२ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य रामप्रसाद समापकोटा ‘दीपशिखा’ सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सरकारको कार्यसम्पादनप्रति असहमति जनाएका हुन्। उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै सरकार असफल भए माओवादी पार्टी पनि सकिने चेतावनी दिएका छन्।

‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस् ! सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन’, उनले लेखेका छन्।

जनता, कार्यकर्ता र नेतालाई आफ्नोजस्तो लागे मात्र सरकार सफल हुने उनको भनाइ छ। ‘ढ्याउ गरेर डकाररिहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन् है’, दीपशिखाले लेखेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट