Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा–२ मा उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा


काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्मको मतगणनामा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणामअनुसार यादवले १९ हजार नौ सय ७८ मत प्राप्त गरेका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवसँगको मतान्तर घटाउँदै लगेका छन् । अहिले कुशवाहाले १६ हजार नौ सय ३७ मत प्राप्त गरेका छन् । उनीहरूबीच तीन हजार ४१ मतको अन्तर रहेको छ । यसअघि यादवले पाँच हजारभन्दा धेरै मतले अग्रता लिएका थिए ।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले पाँच हजार सात सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई हजार तीन सय ७० मत पाएका छन् ।

गएको आइतवार भएको उपचुनावमा बारा क्षेत्र नम्बर २ मा ६९ हजार एक सय सात मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट