Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दियोः विश्वप्रकाश शर्मा


काठमाडौं, १३ वैशख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए ।

‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले भन्दै नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताए । महामन्त्री शर्माले उपचुनावमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #bishwo prakash sharma, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट