संसदीय सुनुवाइ समितिमा जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी मनोनयन

काठमाण्डौं, १३ वैशाख । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ ।
राष्ट्रिय सभाको आज बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीन जना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन जना सदस्यलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थियो भने बैठकले सर्वसम्मतरूपमा सहमति जनाएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
प्रतिक्रिया