Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाण्डौका सबै ठाउँका सीसीटीभी जडान गर्न गगन थापाको माग


काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाण्डौमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन सङ्घीय सरकार र काठमाण्डौ महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताएका हुन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनको सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको सात दिन बित्दा पनि सरकारले घटनाको सत्यरतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे ।

उनले भने, ‘ कपनमा छुरी प्रहार गरेर हत्या भएको सात दिन भयो । पीडितका आफन्त प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनुभएको छ । तर उहाँहरूले जवाफ पाउनुभएको छैन । आज संयोगले गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म गृहमन्त्रीज्यूलाई सभामुखमार्फत आग्रह गर्न चाहन्छु– घटनाको सत्यरतथ्य बाहिर आओस् । दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकले त्यसलाई विश्वास गर्न नसक्ने अवस्था बनेको छ । महानगरपालिका, सङ्घीय सरकार मिलेर काठमाण्डौमा सीसीटीभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेको हुन्थ्यो ।’

महामन्त्री थापाले यस घटनाको सत्यरतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट