Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त


काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चौधरीले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । चौधरीलाई कांग्रेस, माओवादी केन्द्रसहित आठ दलका ५३ जना सांसदको समर्थन छ । प्रदेश प्रमुखले हिजो मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

गएको पुस २७ गते मुख्यमन्त्री बन्नुभएका एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

 


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट