Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संघीय संसद्‌को दुवै अधिवेशन आजदेखि अन्त्य हुने


काठमाडौं, १५ वैशाख । संघीय संसद्‌को दुवै सदनका जारी अधिवेशन आजैदेखि अन्त्य हुने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट दुवै सदनको अन्त्य गरिएको हो ।

“संसद्‌मा अझै पत्र आइसकेको छैन । तर, अधिवेशन अन्त्यका लागि आधिकारिक व्यक्तिहरूबाट सूचना भने आइसकेको छ,” संघीय संसद् सचिवालयका एक अधिकारीले भने, “अन्य तयारी पनि अधिवेशन अन्त्य गर्ने गरी नै भइरहेको छ ।”

प्रतिनिधिसभाको बैठक अपरान्ह तीन बजे र राष्ट्रियसभाको बैठक चार बजेका लागि डाकिएका छन् । ती दुवै बैठकबाट सभामुख र अध्यक्षले पत्र पढेर आजै राति १२ बजेदेखि जारी अधिवेशन अन्त्य हुने जानकारी गराउनेछन् । प्रतिनिधिसभाको बैठक गत मंसिर ४ को मतपरिणामपछि पुस २५ गते सु्रु भएको थियो ।

आगामी जेठ १ गते भित्र संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस हुन्छ । त्यसका लागि १५ अगावै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ भने त्यो गाडी नै प्रि बजेट छलफल पनि सक्नेगरी बजेट अधिवेशन बोलाउने सरकारको तयारी छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट