Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने


काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गर्न थालेका छन् ।

सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला समेत गम्भीर घाइते भएकी थिइन्। हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते नै निधन भएको थियो ।


क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट