Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संविधानको पूर्ण कार्यान्वयनबाटै श्रमिकको हक स्थापित गर्न सकिन्छः मन्त्री शर्मा


काठमाडौं, १८ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने बताएकी छिन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको बताएकी हुन्।

‘नेपालमा श्रमिकका पक्षमा विविधखाले आन्दोलन हुँदै आएका छन्’, उनले भनेकी छिन्, ‘किसान मजदुरसहित श्रमजीवी वर्गको सहभागितामा नेपालमा भएका ठूलाठूला राजनीतिक आन्दोलनको परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ जनताको बलिदानपूर्ण संघर्षको जगमा बनेको संविधानले श्रमको हकलाई मौलिक हककै रूपमा स्थापित गरेर श्रमिक वर्गको हकहितलाई प्राथमिकता दिएको छ।’

सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउनेजस्ता प्रावधान मौलिक हकमै समेटिएको उल्लेख गरेकी छिन्।

शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायत मौलिक हकको कार्यान्वयनबाट पनि श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उनले बताएकी छिन्। मन्त्री शर्माले मौलिक हकलाई पूर्ण कार्यान्वयनमा ल्याउँदै संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थतन्त्र अवलम्बन गरेर पुँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने सम्भावना फराकिलो बन्दै गएको उनको भनाइ छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट