Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमै भएको हो, अहिले कार्यान्वयन मात्रैः प्रधानमन्त्री प्रचण्ड


चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय आफूले नगरेको दाबी गरेका छन्। भरतपुर १४ शान्तिनगरस्थित प्रधानमन्त्रीको निवासमा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले अयोग्य लडाकुलाई पैंसा दिने निर्णय २०७१ सालमा भएको र अहिले सो निर्णय कार्यान्वयन मात्रै भएको बताए।

उनले भने,’पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय अहिले मेरो नेतृत्वको सरकारले गरेको होइन। २०७१ सालमा गरिएको निर्णयको कार्यान्वयन मात्रै हो। पैसा वितरण गर्ने कुरामा मुद्दा परेपछि अन्तरिम आदेशले वितरण रोकिएको थियो ,म प्रधानमन्त्री हुनुअघि अदालतले दिनुपर्ने भनेपछि अदालतको फैसलाको आधारमा टेकेर कार्यान्वयन गर्ने निर्णय मात्रै गर्न लागेको हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहँदा पटकपटक छलफल गरी निर्णय गरिएको दावी गरे।

अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरिएको उनको भनाइ छ। उनले भने, ‘अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरियो। कांग्रेस र एमाले नेतृत्वको सरकारको पालामा छलफल चलेको हो।’

सरकारले जनताले सम्झनलायक काम गरिरहेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट