Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीद्वारा सत्तारुढ गठबन्धन दलको बैठक आह्वान


काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

“समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजे गठबन्धन दलको बैठक बस्न लागेको हो,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई सकारमा ल्याउन प्रधानमन्त्री प्रत्यत्नशील छन् । रास्वपा सरकारमा आए गठबन्धन दलबीच भागबण्डा मिलाउनुपर्ने हुन्छ । बैठकमा त्यसबारे छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । आजै बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ ।

न्यिदब िदबलप


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट