Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी, मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्यो


काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। उनले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ।

यो अध्यादेश जारी भएसँगै मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने छ। मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरुलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाहीको बाटो खोल्ने सहमति गरेको थियो। मिटरब्याज पीडितसँगको सहमति अनुसार सरकारले संसद् अधिवेशन अन्त्य भएको समयमा अध्यादेश ल्याएर मिटरब्याजीलाई कारबाही गर्नेगरी मुलुकी संहिता संशोधन गर्ने तयारी गरेको हो।

सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो। मंगलबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट