Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ


लुम्बिनी, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उनलाई विहीबार नै काठमाडौँ लैजाने तयारी भएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझीलाई नियन्त्रणमा लिएकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिए । तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् ।

उनका छोरा सन्दीप रायमाझी बुधवार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधवार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु र छोरालाई नियन्त्रणमा लिइएको हो ।


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट