Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ


काठमाडौं, २१ वैशाख । बुधबार नियुक्त भएका तीन जना संघीय सरकारका मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

बुधबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कांग्रेस सांसदहरू धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री दाहालले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रचण्ड नेृतत्वको सरकारमा अझै वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालयमा मन्त्री पद रिक्त छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट