Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारमा सहभागि हुने वा नहुने सम्बन्धमा रास्वपाले आज निर्णय गर्दै


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने सम्बन्धमामा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ ।

आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ ।

सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट