Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैनः ओली


काठमाडौं, २४ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको करोडौं ठगीबारे सरकारले गरिररहेको अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

आइतवार दिउँसो संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा सरकारको निष्पक्षतामाथि प्रश्न गरेका हुन्। ओलीले सांसदहरुलाई सम्बोधनका क्रममा भ्रष्टाचार र ठगी जस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे।

‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ। उनीहरुलाई एमाले जोगाउनु पर्छ भन्ने पक्षमा छैन’, ओलीले दलको बैठकमा भने, ‘तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्यो, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो हाम्रा लागि सह्य हुँदैन।’

दलको बैठकमा सम्बोधन गर्दै ओलीले एमालेकै शीर्ष नेताहरु जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि बताए।

‘यो प्रकरणको अनुसन्धानका नाममा सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको छ’, उनले भने ‘यस प्रकरणमा मुछिएका जोकोही कारबाही भागी हुन्। तर सरकारनिकटहरुलाई बचाउने गरी अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्ने ठाउँ छन्।’

ओलीले कारबाहीको अनुसन्धान प्रक्रियामा एमालेले सरकारलाई साथ दिने पनि बताएका थिए। तर उनले पटक पटक अनुसन्धानको निष्पक्षतामाथि प्रश्न गर्दै राजनीतिक इगोका रुपमा सरकारले लिन खोजे ठीक नहुने पनि उल्लेख गरे।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट