Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, २५ वैशाख । सर्वोच्च अदालतले डा ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो । आदेशको लिखित प्रति भने आइसकेको छैन । ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परी सांसद पद गुमाएका थिए । उनले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट