Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लडाकु शिविर घोटाला काण्डको छानविन गर्न एमालेको माग


काठमाडौं, ३० वैशाख । नेकपा एमालेले लडाकु शिविर घोटाला लगायत चर्चामा आएका सबै काण्डहरूको छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमालेले सो माग गरेको हो।

‘लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ,’ बैठकमा पारित भएको प्रस्तावमा भनिएको छ।

पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरुको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको एमालेले बताएको छ। सरकारका गलत आर्थिक नीति, कालो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजार जस्ता कुराले तीब्र रुपमा मूल्य बृद्धि भइरहेको पनि प्रस्तावमा उल्लेख गरिएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #amale, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट