Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा प्रश्नोत्तर गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आज आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको संसद् बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए।

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअघि नै सभामुखकोमा पुग्नुपर्ने र त्यो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने पनि बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट