Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा छः आरजु राणा


काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठा रहेको बताएकी छन्।

राणा देशबाहिर गएका खबर केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा आएका थिए। त्यसप्रति लक्षित गर्दै प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राणाले भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ।’

आफू सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि उनले बताइन्। ‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुपर्‍यो,’ उनले भनिन्।

उनले आफ्नो नाम लिएर नक्कली भुटानी शरणार्थीसम्बन्धी बनाइएको अडिओको छानबिन हुनुपर्ने पनि बताइन्।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट