Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्रान्तिकारीहरू पनि सत्तामा पुगेर भ्रष्टीकरण बनेः बाबुराम भट्टराई


काठमाडौं, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिकारीहरू पनि सत्तामा पुगेर भ्रष्टीकरण बनेको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले सत्ताको चास्नीले भ्रष्टीकरण भइने भन्दै भ्रष्टीकरणबाट बच्न जरुरी रहेको बताए । भट्टराईले भने, ‘हाम्रै साथीहरू सत्तामा गएर भ्रष्टीकरणमा लाग्नुभएको छ। तिनको प्रतिरक्षामा लाग्यौ भने जनताले नकार्नेछन्। उहाँको पक्षमा लाग्नुहुँदैन।’

अहिले युवाहरूमा चरम असन्तुष्टि रहेको बताए। भट्टराईले भने, ‘हिजोका क्रान्तिकारी शक्तिले समयानुकुल रुपान्तरण हुन सकेनौं। सत्ताको चास्नीले भ्रष्टीकरण भइन्छ। भ्रष्टीकरणबाट बच्न जरुरी छ। हामीले अहिलेको एजेण्डा र जनताको चाहना बुझ्नुपर्छ। जनतामा निराशा छ। अग्रगामी प्रगतिशील सोंच राख्नेहरूले समयमा विकल्प दिनुपर्छ। जनतामा सुशासन र समृद्धीको चाहना छ।’


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट