Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सदनमा देवेन्द्र पौडेलको प्रश्नः के नेपाल न्याय, कानुन, जवाफदेहिता र जिम्मेवारी नभएको देश हो ?


काठमाडौं, १ जेठ । सत्तासीन दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने टिप्पणी गरेका छन् । माओवादीका सचिवसमेत रहेका पौडेलले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राम्रो काम गर्दा सरकारलाई समर्थन गर्नुपर्ने बताएका हुन् ।

‘नेपाली नागरिकलाई विदेशी बनाएर अन्य मुलुक पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकामा प्रश्न उठाउनुभएको छ,’ उनले भने, ‘म यसमा सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा सरकारलाई इमानदारिपूर्वक समर्थन गर्न डराउनु हुँदैन ।’

भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको नभएर देशको साझा विषय भएकाले यसमा सबैले समान धारणा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले ‘के नेपाल न्याय, कानुन, जवाफदेहिता र जिम्मेवारी नभएको देश हो ?’ भदै प्रश्न गरे । नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न उनले आग्रह गरे ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट