Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन नगरे कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छः शेखर कोइराला


काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् । प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए ।

उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

दोषीलाई कारबाही हुनैपर्ने बताउँदै उनले मुछिएपछि बालकृष्ण खाणलाई निलम्बन गरेर जानुपर्ने बताए ।

कोइरालाले भने, ‘यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको छ । त्यतातिर पनि ध्यान जान जरुरी छ । यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । देशको नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन ।’

 


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #hot, #shekhar koirala

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट