Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली कांग्रेस सहर केन्द्रित मात्रै भयोः पूर्वराष्ट्रपति यादव


काठमाडौं, ३ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस सहर केन्द्रित भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरू बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको बताए ।

‘काँग्रेस सहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरु गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो,’ यादवले भने ।

अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको यादवको भनाइ छ । निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने उनले टिप्पणी गरे ।

‘पहिला केन्द्रीय समितिमा ३०३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको भए कम्तिमा एउटामा दुई जना पुग्थे,’ उनले भने, ‘अरु पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईंहरू यहाँ बसिरहनुहुन्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट