Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नयाँ प्रधानमन्त्रीले भारतबाटै पहिलो विदेश गर्नुपर्ने नेपालीको बाध्यता के हो?: चित्रबहादुर केसी


काठमाडौं, ४ जेठ । प्रतिनिधि सभामा जारी प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा विदेश भ्रमणमा जाँदा पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के होला ? भनेर सोधेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने त्यस्तो बाध्यता नरहेको र आफूले व्यवहारबाटै जवाफ दिइसकेको बताए। ‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन भन्ने कुराको जवाफ मैंले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु, व्यवहारबाट नै,’ उनले भने।

उनले भारतसँगको खुला सीमाना, आर्थिक, व्यापारिक, राजनीतिक, सांस्कृतिक सम्बन्धको विशिष्टताका कारणले त्यो प्रचलन रहेको पनि बताए। कुनै राजनीतिक बाध्यता भने आफूहरुलाई नभएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डको तेस्रो प्रधानमन्त्रीकालमा पहिलो भ्रमण भारतबाटै गर्न चाहेको समाचार सार्वजनिक भइसकेका छन्। तर भ्रमण भने अनिश्चित रहँदै आएको छ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #chitra bahadur kc, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट