Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लोकतन्त्रविरुद्ध साम्राज्यवादी र प्रतिगामीहरुले साँठगाँठ गरेः मसाल


काठमाडौं, ४ जेठ । नेकपा (मसाल) ले नेपालको लोकतन्त्रविरुद्ध साम्राज्यवादी र प्रतिगामीहरुले साँठगाँठ गरेको आरोप लगाएको छ।

नेपालमा हिन्दुराष्ट्र पुनर्थापनाको कुरा गर्नेलाई भाजपाले लगानी गर्ने गरेको हालै अमेरिकाले सार्वजनिक गरेको एउटा प्रतिवेदनपछि मसालले विज्ञप्तिमार्फत लोकतन्त्र खतरामा परेको थप पुष्टि भएको बताएको छ।

हालै बसेको मसाल केन्द्रीय कार्यालयको बैठकका निर्णयबारे जानकारी दिँदै महामन्त्री मोहनविक्रम सिंहले भुटानी शरणार्थी प्रकरण र राजनीतिक अस्थिरताको फाइदा राजावादीहरुले उठाउन खोजेको औँल्याएका छन्। मसालले अमेरिकी साम्राज्यवादविरुद्ध जारी मेची महाकाली अभियानले साम्राज्यवादविरुद्ध जनचेतना जगाउन भूमिका खेल्ने विश्वास पनि लिएको छ।

यस्तै, मसालले गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि आउने शक्तिहरुसँग गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट