Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपेन्द्रले शुक्रबार जसपाको तर्फबाट मन्त्री हुनेको नाम बुझाउने


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्नेको नाम बुझाउने भएका छन् । वर्तमान सरकारमा दुईजना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राइलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो । जसपाले शिक्षासहित वन मन्त्रालय पाएको छ । वन मन्त्रीको नाम भोली बुझाइने जसपा निकट स्रोतले बताएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष यादवले आज या भोलीसम्म मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएको सो पार्टीका एक सांसदले बताए । मन्त्रीको नाम पठाउने विषयमा छलफल गर्नका लागि अध्यक्ष यादवले संसदीय दलको बैठक बोलाएका थिए ।

बैठकमा सांसदहरुले मन्त्रालय र मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइसकेकाले सोही अनुसार गर्न सुझाव दिएपछि उनले आज या भोलीसम्म एक मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट