Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० सदस्यीय टेली चीन भ्रमणमा निस्कियो


काठमाडौं, ५ जेट । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चार पदाधिकारी चीन भ्रमणमा गएका छन् । दश दिने भ्रमणका लागि पदाधिकारीहरू शुक्रबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका हुन् ।

पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणमा निस्किएको हो ।

भ्रमण टोलीमा अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीसमेत छन् । भ्रमण टोलीमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, प्रदेश अध्यक्षसहित केन्द्रीय नेताहरू रहेको क्रान्तिकारी अध्यक्ष मैनालीले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट