Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धर्म व्यक्तिको आस्थाको कुरा होः अध्यक्ष केसी


काठमाडौं, ७ जेठ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले धर्म व्यक्तिको आस्थाको कुरा भएको बताएका छन्। संसदमा आइतबार शून्य समयमा बोल्दै उनले छिमेकी राष्ट्रका सत्ताधारी पार्टीका संगठनले नेपालमा हिन्दू राष्ट्रका पक्षमा वकालत गर्न नेपालका राजनीतिक दललाई भनेको जानकारी आएको बताएका हुन्।

‘नेपालमा अहिले एकातिर हिन्दू धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने, अर्कातिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझ्याउने र अर्को बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रवृति नेपालमा देखा परेको छ, यो गम्भीर कुरा हो।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #chitra bahadur kc, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट