Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशका प्राथमिकतालाई नै नीति तथा कार्यक्रमले छोड्योः केपी ओली


काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम नेपालमै पहिलोपटक आएजस्तै भएको बताएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतसँग जोडिन नसकेको भन्दै देशका प्राथमिकतालाई नै नीति तथा कार्यक्रमले छोडेको बताए ।

“यो नीति तथा कार्यक्रम नेपालमा पहिलोपटक आएजस्तो छ, मानौ यस अघि देशमा नीति तथा कार्यक्रम नै आउँदैनथे । यसले राष्ट्रले प्राथमिकतामा राखेका आयोजना र दिगो विकासको मान्यतालाई नै छोडेको छ,” ओलीले भने, “विगतमा थालिएका राम्रा कामको निरन्तरता यो सरकारको जिम्मेवारी होइन रु संकटमा परेको अर्थतन्त्र उकास्नु यो सरकारको जिम्मेवारी होइन ?”

उनले देशका समस्या लुकाएर सरकार बेखबर जस्तो देखिएको छ । “बुँदानम्बर पाँचमा भन्छ अर्थतन्त्र सब ठिकठाक छ,” ओलीले भने, “१४औँ नम्बरमा देश समस्यामा छ । सबै परिसूचकमा समस्या छ । सरकारले नबुझेको कि बुझ्न नचाहेको ?”


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट