Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा सुचिकृतका लागि पहल थाल्न सांसद सोविता गौतमको माग


काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोविता गौतमले साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा सुचिकृतका लागि पहल थाल्न सरकारसँग माग गरेकी छिन् । संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् गौतमले ऐतिहासिक महत्व बोकेकाले साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा सुचिकृत गरिनुपर्ने बताएकी हुन् ।

गौतमले भनिन्,ुसरकारले तिलौराकोट र रामजानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गर्ने पहल थाल्ने भनेको छ । काठमाडौं २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा राख्न पहल थालियोस् । ’ उनले देश गम्भीर आर्थिक संकटमा परेको पनि बताइन् । गौतमले भनिन्,‘सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वाकांक्षी कार्यक्रम छन् । नीति तथा कार्यक्रममा पुराना शब्दहरू फेरबदल गर्ने कल्चर नै छ । ’


क्याटेगोरी : राजनीति, संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट