Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पक्राउ परेको १२ दिनपछि बालकृष्ण खाँणलाई भेट्न प्रहरी कार्यालय पुगिन् पत्नी मञ्जु खाँण


काठमाडौं, ८ जेठ । हिरासत पुगेको १२ दिनपछि पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी छिन्। सोमबार बिहान काठमाडौं परिसर पुगेर सांसद मञ्जुले खाँणलाई भेटेकी हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन्।

यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजु भाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन्। यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो।तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन। खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन्।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्। अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गर्नेछ। त्यसपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ। त्यसपछि थुनछेक बहस हुनेछ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्नेछ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट