Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीमा जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने बानी छः शंकर पोखरेल


काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन्। पोखरेलले जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिए।

‘आज प्रधानमन्त्रीजीले तपाईहहरुबीच धेरै कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको छ। म यतिमात्रै नभइ तपाईंहरुबीचमा भन्न चाहन्छु–सरकारका तर्फबाट सामूदायिक वनको क्षेत्रमा अगाडि बढाउन खोजेका रचनात्मक क्रियाकलापमा प्रमुख प्रतिपक्ष दलको तर्फबाट पूर्ण रुपमा साथ रहेनछ भन्ने कुराको बचनवद्धता र विश्वास दिलाउन चाहन्छु’, उनले भने, ‘तर यस्तो नभइदियोस्–प्राय हामी सुन्ने गछौँ, जहाँ गयो, मिठा कुरा गर्‍यो। फर्केपछि बिर्सियो। त्यो अवस्था निश्चिय पनि हुने छैन भन्ने म ठान्दछु। आज जे प्रतिवद्धता जाहेर गरिएको छ। त्यसमा सरकार प्रतिवद्ध रहने ठानेको छु।’

मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यसक्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता जनाए।

पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट