Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज


काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट