Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको भन्दै रवि लामिछाने अक्रोशित


काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्चमा फेरि मुद्दा परेपछि घण्टीले बजाइदिन मिल्ने धम्की दिएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै घण्टीलाई बजाउन मात्र होइन, घण्टी बजाइदिन मिल्ने बताएका हुन्। उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिका त्यागेको निश्चित गरेको पनि बताएका छन्। आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनःनागरिकता पनि कायम गराइसकेको, अमेरिकी राहदानीको सक्कल निस्सा सर्वोच्च अदालतमा बुझाइ पनि सकेको भए पनि आफूलाई ‘इरिटेट’ गरिएको उनले लेखेका छन्।

बुधबार सिन्धुलीका युवराज पौडेलले रवि सांसद हुन अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो। यो आदेशसँगै आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकिएको छ।

रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए।

दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै सोमबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट