Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसद्को अवरोध हटाउन तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा


काठमाडौं। सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।

सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ । शुक्रबारको बैठकमा एमालेले अवरोध गरेकोले आज बैठक अगाबै एमालेलाई सहमतिमा ल्याउने प्रयासस्वरुप शीर्ष तहमा छलफल भएको हो ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट