Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ठूला दलले चोचोमोचो गर्नु लोकतन्त्रको मर्म विपरितः बाबुराम भट्टराई


काठमाडौं, १४ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संवैधानिक र राजनीतिक नियुक्त, बजडा बाँडफाँड र भष्टाचार प्रकरणमा ठूला दलले चोचोमोचो गर्नु लोकतन्त्रको मर्म विपरित र अनैतिक भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बहुदलीय लोकतन्त्रमा परराष्ट्र सम्बन्ध, राष्ट्रिय सुरक्षा, प्राकृतिक विपद् जस्ता कुरामा प्रमुख दलहरूबीच सहमति खोज्नु राम्रो भएको तर संवैधानिक, राजनीतिक नियुक्ति, बजेट बॉडफॉड, भ्रष्टाचार प्रकरण आदिमा चोचोमोचो गर्नु बहुदलीय लोकतन्त्रको मर्म विपरित मात्र हैन घोर अनैतिक भएको बताएका हुन्।

उनले संसदमा उठाएको विषयमा चित्त नबुझे संसदीय समिति बनाएर छानवीन गर्ने भन्दै त्यसलाई रकर्डबाटै हटाउनु गलत भएको उल्लेख गरेका छन्। अध्यक्ष भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि ठूला माछा उम्काउन तीन दलीय ‘सहमति’को जुन आशंका छ त्यो व्यवहारबाटै खण्डन हुनुपर्ने बताएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट