Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारत भ्रमणका विषयमा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्दै


काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा आज छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले दिउँसो २ बजे सिंदरबारमा पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, सोही विषयमा प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो साढे ३ बजे सिंहदरबारमै परराष्ट्र मन्त्रालयका पूर्वसचिव, भारतका लागि नेपाली पूर्वराजदूतहरू र विज्ञहरूसित छलफल गर्ने सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चारदिने भारत भ्रमणमा जाने कार्यक्रम तय छ । वर्तमान सरकार गठनपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट