Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संसदीय सुनुवाइ समितिमा कुन दलबाट को-को मनोनित ?


काठमाडौैं, १४ जेठ । संयुक्त संसदीय सुनुवाइ समितिको प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम अनुमोदन भएको छ । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका ४–४ जना सदस्य रहेका छन् भने माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपाका १–१ रहेका छन् । प्रतिनिधिसभाको नाम अनुमोदनसँगै समितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, त्यसैगरी नेकपा एमाले पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् । त्यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी रहेका छन् ।

सो समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनित भइसकेका छन् ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने गरेको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट