Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मन्त्रिपरिषद्‌द्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँच जना मन्त्री सहभागी हुने


काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत भएको छ। उनले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।

‘प्रधानमन्त्री ज्यूको १७ देखि २० सम्म हुने भारत भ्रमणको प्रतिनिधि मण्डलको टुङ्गो भएको छ। प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ। प्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री, उर्जामन्त्री, परराष्ट्रमन्त्रीसहित पाँच जना मन्त्री जाँदै हुनुहुन्छ,’ मन्त्री शर्माले भनिन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट