Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइनः रवि लामिछाने


काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर रिहा भएका रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित हुन पुगेको बताएका हुन्।

‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकि, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले त उहाँ निर्दोष भएर छुट्नु भएन नि, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए। उनले तीनै तहका अदालतबाट फैसला हुँदाहुँदै गलत तरिकाबाट चौधरीलाई छुटाइएको उनले बताए।

‘अत्यन्त गलत प्रक्रियाबाट गरियो, स्वयम् रेशम चौधरीका लागि पनि न्याय भएन, जति पनि थारू हुनुहुन्छ उहाँहरूलाई पनि न्याय भएन। न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो,’ उनले भने।

उनले जेलबाट रिहा हुँदा खुसी हुने कुरा स्वाभाविकै मान्न सकिए पनि थारू समुदायको जित भने नभएको तर्क गरे।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट