Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डतिर सोझिएको गणतान्त्रिक आशा


काठमाडौं । सोमबार पन्ध्रौं गणतन्त्र दिवस । १० वर्षे महान जनयुद्ध र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले देशलाई राजशाहीबाट मुक्त गरी राजनीतिक र भौगोलिक पुनर्संरचनालाई संस्थागत गरेको दिन । दुईदुई पटकको संविधानसभा चुनावमार्फत् जनताका प्रतिनिधिले नयाँ लोकतान्त्रिक संविधान लेख्ने काम सम्पन्न गरिसकेको भए पनि संघीय नेपाल आर्थिक–सामाजिक विकासको नयाँ फड्कोमा पुग्ने जनआशाले भने अझै गति पाइसकेको छैन ।

नयाँ संविधानपछि दुईवटा आवधिक आम, प्रदेश र स्थानीय चुनाव सम्पन्न भइसकेका छन् । र, बीचका भूकम्प वा कोराना जस्ता कहरले भन्दा बढी नेतृत्वकर्ताको राजनीतिक महत्वकांक्षा, भ्रष्टाचार वा कमिसन नियत र विकासको भ्रष्टीकरण रवैयाले जनतामा निराशा समेत पैदा गरेको छ । यही निराशा र आक्रोशको जगमा अराजक संगठित समूह राजनीतिमा हावी हुने र पुनः प्रतिगामी, राजावादीले टाउको उठाउने नियत समेत नाङ्गो भएर देखापरेको छ ।

नयाँ संविधानपछि दुईवटा आवधिक आम, प्रदेश र स्थानीय चुनाव सम्पन्न भइसकेका छन् । र, बीचका भूकम्प वा कोराना जस्ता कहरले भन्दा बढी नेतृत्वकर्ताको राजनीतिक महत्वकांक्षा, भ्रष्टाचार वा कमिसन नियत र विकासको भ्रष्टीकरण रवैयाले जनतामा निराशा समेत पैदा गरेको छ । यही निराशा र आक्रोशको जगमा अराजक संगठित समूह राजनीतिमा हावी हुने र पुनः प्रतिगामी, राजावादीले टाउको उठाउने नियत समेत नाङ्गो भएर देखापरेको छ ।

यी सबै उतारचढावलाई चिरेर देशलाई समाजवाद उन्मुख लोकतन्त्रको लयमा हिंडाउने र त्यसमा आमजनविश्वास जागृत गर्ने अभिभारा वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई आइलागेको छ । पन्ध्रौं गणतन्त्र दिवसको क्रममा प्रधानमन्त्री प्रचण्डले यही आसयको सार्वजनिक सन्देश दिएका छन् । उनले भनेका छन्– ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने प्रयासहरू कदापी सफल हुने छैनन् । किनकि लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो ।’

खासगरी माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपाले विकास र स्थिरताको प्रष्ट लक्ष्य पक्रिने आशामा त्यसका एकजना नेतृत्व केपी ओलीले वैयक्तिक महत्वकांक्षा साँध्न पार्टी र सरकार नै दुर्घटित बनाइदिएपछि आम निराशा, आक्रोस र अराजकता यसरी झाङ्गिन पाएको हो । समाजवाद उन्मुख संविधानमार्फत स्थिरतामा प्रवेश गरेको लोकतन्त्र जोगाउन पुनः आन्दोलनको परिस्थिति निर्माण हुनुले अराजकहरूमा हौसला निर्माण भएको हो ।

तर, लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट मात्र सम्भव छ भन्ने कुरा पछिल्ला कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् । र, यसलाई अरु वेगमय, आशातित, भद्दा होइन चुस्त र मितव्ययी बनाउन वर्तमान सरकार तथा परिवर्तन आन्दोलन साकार पारेर र थप प्रगति निर्माण गर्न लागि पर्दै गएको राजनीतिक नेतृत्व आँखा चिम्लिएर अगाडि बढ्नु जरुरी छ । परिवर्तनमा ज्यान र जीवन दिनेलाई सम्झिएर अगाडि बढ्ने अठोट हुँदा जस्तै उपरी आलोचनाको बाढी आए पनि जनतह विचलित हुने छैन ।

राष्ट्रिय स्वाधीनताको रक्षा, आन्तरिक राष्ट्रियता अधिकारको प्रवद्र्धन–संवद्र्धन सामाजिक न्याय, गुणात्मक आर्थिक सामाजिक परिवर्तन तथा राष्ट्रिय औधोगीकरण र लोकतन्त्र आवरणका भ्रष्टाचारीमाथि कार्बाहीको यो शृङ्खलालाई जारी राखेर सुशासनको प्रयाभूति दिने कामले नै गणतन्त्रलाई विश्वासिलो बनाउनेछ । त्यस पक्षमा प्रचण्ड सरकारले पक्रिएको गति, बुधबारदेखि हुने भारत भ्रमणको एजेन्डा, रेशम चौधरीको आममाफी, भ्रस्टाचारको जालो उजिल्याउने प्रयास, राष्ट्रपतिबाट जारी हुने अपेक्षा गरिएको नागरिकता कानुन जस्ता सन्दर्भले प्रचण्ड सरकारलाई आशातित नै देखाइदिएको छ । सयमबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट