Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आफ्नै गुट बनाएका गगनको पत्तासाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका डा. शेखर कोइरालाको साथ छाडेका छन् । १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइराला र महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेका थिए । सभापतिका उमेदवार डा. शेखर र महामन्त्रीका उम्मेदवार रिजाल पराजीत भए पनि थापा भने महामन्त्री बन्न सफल भएका थिए । महाधिवेशनपछि डा. शेखरको साथमा रहेका गगनले संसदीय दलको चुनावमा दलका नेताको उम्मेदवार बन्न गगनले रोकेका थिए । यद्यपि डा. शेखर आफैले गगनलाई दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गराउने घोषणा गरेका थिए । त्यो बेला १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार डा. शेखर बन्ने सहमति भएको थियो ।

दलको नेताको चुनावपछि डा. शेखरसँग टाढा बनेका गगनले अब भने डा. शेखरको साथ छाडेर आफ्नै गुट बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् । यसको सुरुवात पार्टी निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ७ औँ अधिवेशनबाट गरेका छन् । शनिबार सम्पन्न सिडेजको अधिवेशनमा महामन्त्री थापाले डा. शेखर कोइरालाको साथ छाड्दै आफ्नै गुट बनाएका छन् । सिडेनको अध्यक्षका लागि नेता डा. शेखर कोइराला पक्षबाट लक्ष्मण केसी र महामन्त्री गगन थापानिकट समूहबाट प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट इन्जिनियर चेतनाथ पाण्डे चुनावी मैदानमा थिए ।

कोइरालानिकट अध्यक्षका उम्मेदवार केसीको प्यानलले जीत निकालेको छ । सो अधिवेशनमा महामन्त्री थापाको गुटको पत्तासाफ भएको छ । महामन्त्री थापानिकट अध्यक्षका उम्मेदवार दवाडीको प्यानलमा सुमन थापा उपाध्यक्ष र मेली शाह महासचिवका उम्मेदवार थिए । थापा निकट महामन्त्रीका उम्मेदवार मेली शाहले लक्ष्मण केसी समूहका महासचिवमा थमन खड्काका केही मत काटे पनि अन्य उम्मेदवारलाई भने कुनै असर गर्न सकेनन् ।

गगन थापाको अस्थिर राजनीति इतिहास

महामन्त्री थापाको राजनीतिक यात्राका क्रममा सधै अस्थिर भए । कुनै पनि नेतासँग थापा लामो समय रहन सकेका छैनन् । विद्यार्थी राजनीतिमा स्थापित हुनेक्रममा सुजाता कोइरालाको साथमा रहेका गगन छोटो समयमा सुजाताको साथ छोडे । गगन सुजाताको साथमा रहेर नेविसंघको महामन्त्री बनेका थिए । त्यो लगत्तै सुजाताको साथ छोडे, जसका कारण उनी नेपाल विद्यार्थी संघको अध्यक्ष बन्नबाट बञ्चित भए । गगनले नेपाली कांग्रेसको राजनीतिमा स्थापित हुनका लागि बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग टासिन पुगेका थिए ।

पौडेलकै जोडबलमा थापा २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । संविधानसभा सदस्य बनेर पौडेल कांग्रेसको उपसभापति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख भएका बेलामा पौडेलले निति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य बनाएर देश दौडाहामा पठाएका थिए । पौडेलले नै पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनाउनका लागि सुशील कोइरालाको टिममा समावेश गराएका थिए । तर, तिनै थापाले १३ औं महाधिवेशनमा पौडेल सभापति बन्ने बेलामा कृष्ण सिटौलालाई उचालेर पौडेलका विरुद्ध सभापतिको उम्मेदवार बनाए । १३ औं महाधिवेशनमा सिटौलासँग रहेका थापा १४ औं महाधिवेशनमा सिटौला छोडेर डा. शेखरको समूहका पुगेका थिए भने १४ औं महाधिवेशन भएको एक वर्ष नै नपुग्दै डा शेखरको साथ पनि छोडेका छन् । अहिले भने डा. शेखरको साथ छाडेर आफ्नै समूह बनाउन थालेका छन् । सयमबद्ध साप्ताहिकबाट

क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #gagan thapa, #hot

प्रतिक्रिया

धेरै पढिएका

ताजा अपडेट