Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आज बिहान राष्ट्रपति पौडेललाई भेट्न दाहाल शीतलनिवास पुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने भारत भ्रमणको जानकारी गराएका थिए। उनले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी तोक्न आग्रह गरेका छन्।

चार दिने भारत भ्रमणमा प्रधानमन्त्री दाहाल आज दिउँसो १ बजे दिल्ली जाँदैछन्। प्रधानमन्त्रीको टोली शनिबार स्वदेश फर्किनेछ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट