Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता


काठमाडौं, १७ जेठ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा माओवादी केन्द्र नेताहरूसँग भेट गरेको हो।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए।

उपाध्यक्ष महराले भने, ‘उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो। उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्‍यौँ। दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो। दुई सरकार बीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौँ।’

भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राम कार्की लगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्त्वपूर्ण रूपमा लिइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट