Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु जायजः बाबुराम भट्टराई


काठमाडौं, १७ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु जायज भएको प्रतिक्रिया दिएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको विधेयक वर्तमान राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेपछि अहिले त्यसको पक्ष र विपक्षमा प्रतिक्रियाहरू आइरहेका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वञ्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो ।’

उनले आफूलाई मात्र देशभक्त भन्ने र अरुलाई राष्ट्रघाती भन्ने पाखण्ड नगर्नसमेत भनेका छन् । उनले भनेका छन्, ‘नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिंगसंग जोडेर आफूलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून् । जुनसुकै जाति, धर्म, लिंगको व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन ।’


क्याटेगोरी : राजनीति
ट्याग : #baburam bhattarai, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट