Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा चीनको चासो : अग्नि सापकाेटा


काठमाडौं । शान्ति प्रक्रियाको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताए ।

सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको पनि बताए । उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले भने, ‘विश्व शान्तिका लागि चीनले गरिरहेको पहलमा हाम्रो पनि स्वाभाविक रूपमा पहलकदमी हुनुपर्नेछ । शान्ति प्रक्रियालगायतका कुराहरू पनि महत्त्वपूर्ण विषयका रूपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ । दुई देशका बीचमा देखापरेका समस्याका बारेमा छलफल भयो । उहाँहरूले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो । हामीले तपाईँहरूले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरूले हामीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ भन्नुभयो ।’

उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट