Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् ।

नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी थिइन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट