Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध


काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एएमालेले सरकारको जवाफ मागेर आइतबार राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ । प्रतिनिधिसभामा पनि ३ प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । तर रुलिङ गरेपछि पनि एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #amale, #rastriya sabha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट