Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं, २४ जेठ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको थियो ।

गत जेठ १७ देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो । यस प्रस्तावमा भारत सकारात्मक रहेको र छिट्टै त्रिदेशीय सम्झौता हुने प्रधानमन्त्री प्रचण्डले भारतीय समक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार समम्मेलनमा बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषदले विद्युत व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तर गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा सहसचिव भुजेललाई अध्यक्ष तोक्ने निर्णय गरेको हो।

 


क्याटेगोरी : राजनीति
ट्याग : #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट